Public Pana
सन्दिपले गाैशाला २६ लाई पाँच लाख क्षतिपूर्ति भराउनुपर्ने

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।

जिल्लाले बुधबार सजाय निर्धारण गर्दै उनलाई सजाय, जरिवाना र क्षतिपूर्ति निर्धारण गरेको हो। जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो।

 

यसअघि जिल्लाले पीडितलाई बालिग ठहर गरेको थियो। गौशाला २६ लाई परेको मानसिक असरलाईसमेत ख्याल गर्दै २ लाख क्षतिपूर्ति भराउने जिल्लाको फैसलामा भनिएको छ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update