जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने फैसला सुनाएको छ।
जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गर्दै उक्त सजाय निर्धारण गरेको हो। यसअघि जिल्ला अदालतले पीडितलाई बालिग ठहर गरेको थियो।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १७:०१