Public Pana
माघ पहिलो साता हुने भयो, झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता

झिल्टुङ क्रसकन्ट्री दौडको आठौं संस्करण माघ पहिलो साता हुने भएको छ।

बेलकोटगढी वडा नम्बर ५ नुवाकोटले बुधबार पत्रकार सम्मेलन गर्दै क्रसकन्ट्री दौड माघ ६ गते हुने जानकारी दिएको हो।
‘जे गरौं गज्ज्वले गरौं’ भन्ने नाराका साथ हिुन लागेको दौड सात विधामा हुनेछ।

नुवाकोटको बेलकोटगढीको वडा नम्बर पाँच कोल्पुटारमा सुरु हुने दौड बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा पुगेर सकिनेछ।

कच्ची बाटोको दौड १३.४ किलोमिटरमा हुनेछ। जसमा ४.५ किमी उकालो, २ मिटर समथर र बाँकी बाटो ओरालो हुने बेलकोटगढी ५ का वडाअध्यक्ष मदन भुजेलले जानकारी दिए।

यस्तै छात्रछात्रालाई मध्यनजर गर्दै ४.५ किमी दौड रन फर फन फेस लागि खुल्ला प्रतियोगिता हुनेछ। यो समूहमा स्थानीय आमा तथा बा समूहको दौड हुनेछ।

सातौं संस्करणको उपाधि पुरुषतर्फ सुमन कुलुङ राई र महिलातर्फ रेखा विष्ट प्रथम भएका थिए।
१३.४ किमी महिला पुरुष दौडको विजेताले १५ तथा उपविजेताले १० हजार रुपैयाँ पाउनेछ। तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन्।

१३.४ खुल्ला स्थानिय पुरुष दौडको विजेताले १० उपविजेताले ७ र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
४.५ किमी खुल्ला जुनियर र स्थानियतर्फ १६ वर्ष मुनिका छात्र–छात्रा र र स्थानीय ४५ वर्ष माथिका विजेताले जनही ६ हजार, उपविजेताले ४ तथा तेस्रो हुनेले २ हजार रुपैयाँ पाउनेछन्।


भेट्रान खुल्ला १३.४ किमी पुरुष दौडको विजेताले ८ हजार, उपविजेताले ६ तथा तेस्रो हुनेले ४ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
स्थानीय आमा समूहको ४.५ किमी दौडको विजेताले १२ हजार उपविजेताले ९ तथा तेस्रो हुनेले ६ हजार रुपैयाँ पाउनेछन्।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update