
शेयर बजार परिसूचक लगातार तेस्रो दिन उकालो लागेको छ । कारोबार हुने साताको चौथो दिन आज बुधबार नेप्से ९.५० अंकले बढेर २ हजार ८९.६२ विन्दुमा पुगेको छ ।
बैंक, अन्य, लघुवित्त, उत्पादनमूलक लगायत ६ वटा उपसमूहले नेप्से बढाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ। यस्तै बैंक उपसमूहको सूचक पनि १.१२ प्रतिशतले उकालो लागेको छ।
११८ कम्पनीका लगानीकर्ताले कमाउँदा ११८ कम्पनीकै लगानीकर्ताको सम्पत्ति घटेको छ। हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्यमा लगातार दोस्रो दिन सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको शेयर मूल्य प्रति कित्ता ४११.५० रुपैयाँ पुगेको छ।
छिमेक लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.९५ प्रतिशतका दरले गुमाएका छन्।
आज ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ। सबैभन्दा धेरै रकमको शेयर कारोबार सोनापुर मिनरल्सको भएको हो। यो कम्पनीको ३२ करोड ७८ लाख ९१ हजार रुपैयाँको शेयर किनबेच भएको हो।
यस्तै,१६ प्रतिशत बोनस सेयर घोषणा गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पनि २८ करोड ८७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ ।