Public Pana

एकताका पाश्चात्य फेसन र कल्चरले यसरी गाँजेको थियो कि आफ्नो संस्कृति झल्किने लवज र पहिरनकै खिसोट्युरी गरिन्थ्यो ।

तर समय एकनास रहेन । अहिले धेरै नेपाली आफ्नोपन खोज्न थालेका छन् । लोप भैसकेको आफ्नो सयस्कारलाई फेरि ब्यझँताउन लागेका छन् ।
सार्वजनिक कार्यक्रमदेखि चाडपर्व र अब त गीत–संगीत र फिल्ममा पनि यस्तै देख्न थालिएको छ ।

सुशान्त खत्री फिचर्ड ‘ओ मक्का’ गीतमा नेवार संस्कृति र परिवेशलाई देख्न सकिन्छ । अहिले खत्री भारतको एक रियालिटी शोको होस्टको रुपमा रहेका छन् । उनैले यो भिडियोमा ‘बौचा’ बनेर अभिनय गरेका छन् ।

वर्षा कर्माचार्य र सुशान्त कै समेत स्वर रहेको भिडियोमा नेवारी नाच, रहनसहन र पहिरनलाई उनीहरुकै मौलिक लोकेसनमा प्रस्तुत गरिएको छ । नेवारी र नेपाली भाषा गीतमा प्रयोग भएको छ ।

आशुतोश उप्रेतीले वर्षालाई शब्द छनौटमा साथ दिएका छन् । वर्षा र सुशान्त कै कथा तथा कन्सेप्ट रहेको भिडियो निर्देशन भने राजिव समरले गरेका हुन् ।

सुशान्तले कोरियोग्राफी गरेको गीतको भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।

आफ्नोपन बचाउन र सबैमाझ पुर्याउन वर्षा र सुशान्तले गरेको यो प्रयास प्रशंसनीय छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update