Public Pana
आफ्ना उम्मेद्वारलाई जिताउन सत्ता गठबन्धल दलले बनाए समिति, बुधवार वैठक बस्दै

राष्ट्रीय सभा  निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकालाई जिताउन समिति गठन भएको छ । समितिले सत्ता गठबन्धनबाट उठेका उम्मेदवारहरुलाई राष्ट्रिय सभामा जिताउन आवश्यक समन्वय गर्नेछ । 

मंगलवार साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो ।

समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update