Public Pana
न्याय परिषद्‌ले गर्‍यो एकै पटक ८१ जिल्ला न्यायाधीशको सरुवा

न्याय परिषद्‌को बैठकले ८१ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषद्‌को बैठकले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको हो।

त्यस्तै उच्च अदालतका न्यायाधीश राजेशकुमार काफ्लेको पनि सरुवा गरेको छ। उनलाई उच्च अदालत जनकपुरबाट उच्च अदालत विराटनगरको इलाम इजलासम सरुवा गरिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीलाई नवलपरासी जिल्ला अदालतमा सरुवा गरिएको छ। 

 

काठमाडौं जिल्ला अदालतमै रहेका दीपक खनाललाई पर्सा जिल्ला अदालतमा सरुवा गरिएको छ। नारायणप्रसाद दाहाल,शंकरबहादुर राई,कमलप्रसाद ज्ञवाली,केशवप्रसाद घिमिरेलाई पनि काठमाडौवाट सरुवा गरिएको छ।

परिषद्‌ले एकै अदालतमा २ वर्ष पूरा भएका न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको दाबी गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update