Public Pana
'तपस्वी’ राम बहादुर बम्जन काठमाडौंबाट पक्राउ

प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले  बताए । 

बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो । 

 बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update