Public Pana
नव-नियुक्त उच्च अदालतका ३९ न्यायाधीशको पदस्थापना

न्याय परिषद्ले भर्खर नियुक्त गरिएका उच्च अदालतका ३९ न्यायाधीशलाई अदालत तोकेको छ।  परिषद्‌को बैठकले मंगलबार उनीहरूलाई नियुक्ति भएकाले उच्च अदालतमा पदस्थापन गरेको हो।

प्रधानन्यायाधीश विश्वभर श्रेष्ठको नेतृत्वमा बसेको न्याय परिषद्‌को  बैठकले नव–नियुक्त न्यायाधीशहरूलाई अदालत तोकेको हो।  

 

उनीहरूलाई उच्च अदालत पाटनमा सपथ खुवाइएको थियो। पुस १८ गते बसेको परिषदको बैठकले रिक्त ४० उच्च न्यायाधीश मध्ये ३९ जनाको नियुक्तिका लागि सिफारिस गरेको थियो।  

 

बैठकले जिल्ला न्यायाधीशतर्फबाट २६ जना, न्याय सेवातर्फबाट ४ जना र कानून व्यवसायीतर्फबाट ९ जना गरी ३९ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको थियो। आजै बसेको परिषदको बैठकले जिल्ला अदालतका ८१ र एक उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update