Public Pana
अख्तियारको छानविनमा परेपछि दुरसंचार प्राधिकरणका अध्यक्षले दिए राजीनामा

अख्यितार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका दुर संचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । 
मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा पत्र बुझाएका हुन् ।  मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस, टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै संसदीय समितिले अख्तियारलाई नै निर्देशन दिएपछि  कार्यकाल सकिन ७ महिना अघि नै खनालले राजीनामा दिएका हुन ।

राजीनामा दिएर चोखिन खोज्नुभएको त होइन भन्ने पब्लिक पानाको जिज्ञासामा लेखनालले आफ्नोे नेतृत्वमा भएका खरिद प्रक्रियामा कुनै अनिमितता भएकोवारे संसदीय समितिले समेत छानविन गर्न निर्देशन दिएकाले बाहिरबाटै सहयोग गर्ने उद्देश्यले राजीनामा गरेको प्रतिक्रिया दिएका छन् ।

उनले छानविनमा आफ्नोतर्फबाट पुरापुर सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्राधिकरण स्रोतका अन्ुसार अख्तियारले समेत छानविन शुरु गरिसकेकाले संचारमन्त्री रेखा शर्माले समेत खनाललाई राजीनामा दिन सुझाव दिएपछि उनले राजीनामा बुझाएको बताइएको छ । खनाल २०७६ साउन ९ मा प्राधिकरणको अध्यक्ष भएका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update