Public Pana
यू १९ विश्वकप :  वार्म अप खेलमा  नेपालले स्कटल्याण्डलाई  १३५ रनले पराजित गर्याे

यू–१९ क्रिकेटको अभ्यास खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको नेपालले अलराउण्डर गुलशन झाको शतक २८४ रनको योगफल बनाएको थियो। 

जितको लागि २८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा १४९ रनमा अल आउट भयो। स्कटल्याण्डका उजैर अहमदले २८ र फरहान खानले २४ रन बनाए। नेपालका तिलक राज भण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए। 

 

पहिले ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २८४ रनमा अलआउट भएको थियो। नेपालका लागि गुलशनले ११५ बलमा ११४ रनको शतकीय इनिङ खेले। दीपक बोहरा ५४ बलमा ५८ रन बनाएर अविजित रहे।

नेपाल यू–१९ विश्वकप क्रिकेटका लागि अहिले दक्षिण अफ्रिकामा छ। जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ। नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन्।

विश्वकप अघि नेपालले अभ्यास खेलहरु खेलिरहेको हो। नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update