Public Pana
नेपाल र चीनमा अरनिको स्मृति दिवस मनाइयो
कलाकार अरनिकाेले चीनमा बनाएकाे चित्र र टिकटमा अरनिकाे

महान् कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुवै देशमा विशेष महत्त्वका साथ मनइएको छ ।

हरेक वर्षको पुस २३ गते आज मनाइने यो परम्परा विसं २०५८ सालदेखि भएको हो । यसरी महान् कलाकार अरनिकोको स्मृति दिवस मनाउने चलनले नेपाल कमर्सियल आर्टिष्ट सङ्घको अगुवाइमा सरकारी मान्यता दिलाइएको हो ।

अरनिकोको जीवनकाल
कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको को जन्म कतिपयले पाटनमा भएको उल्लेख गरेका छन्।
अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ मा र कसै कसैले १२४४ भन्ने गरेका पाइन्छ । उनको मृत्यु भने १३०६ मा भएको थियो । राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको तथ्य पाइन्छ ।

अरनिको प्यागोडाशैलीको मन्दिर निर्माणमा पोख्त थिए । उनले निर्माण गरेको श्वेत चैत्य चीनको बेइजिङमा पर्यटकको आकर्षणको केन्द्रबिन्दु भएर रहेको छ । नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका हुन ।त्यसैले अरनिकोको चर्चा र प्रभाव नेपालमा झैँ चीनमा पनि उत्तिकै छ ।
चीनमा अरनिकोको सालिक
चीनमा अरनिको समाजको पहलमा अरनिकोको पूर्ण कदको प्रतिमा निर्माण र प्रतिस्थापन भइसकेको छ । महान् कलाकार अरनिकोद्वारा निर्मित प्रसिद्ध श्वेत चैत्य परिसरमा प्रतिस्थापित प्रतिमाले पुनः अरनिकोप्रति चीन लगायत विश्व समुदाय नै कृतज्ञ रहेको भान हुन्छ ।

चीनको बेइजिङमा अवस्थित श्वेत चैत्यलाई नेपाल–चीन पवित्र मित्रताको प्रतीकका रूपमा पनि लिइने गरिन्छ । अरनिकोले बनाएको श्वेत चैत्यलाई चीनमा महत्त्वपूर्ण सम्पदा स्थलका रूपमा लिइन्छ । हरेक वर्ष लाखौँ पर्यटकहरूले यस प्रतिमा भ्रमण गर्ने तथ्याकं छ । उक्त प्रतिमा नेपाली कलाकार के.के कर्माचार्यले तयार पारेको डिजाइन र उनकै निर्देशनमा मूर्तिकार ओम खत्रीले निर्माण गरेका हुन् । विसं २०५९ सालमा सो प्रतिमाको अनावरण गरिएको थियो ।

राष्ट्रिय विभूति अरनिको
विसं २०२४ सालमा नेपाल र नेपालीको गौरव बढाउने कार्य गर्ने १३ जना व्यक्तित्वलाई राष्ट्रिय विभूतिको रूपमा सम्मानको घोषणा गरिएको थियो । सोही घोषणाअनुसार कलाकार अरनिकोलाई राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिएको थियो । हालसम्म उनलाई मात्रै राष्ट्रिय कलाकारका रूपमा मान्यता दिइएको छ । त्यसपछि नै अरनिकोको स्मृतिमा उनको पूर्ण कदको आकृति झल्किने हुलाक टिकट प्रकाशन गरिएको हो । त्यस्तै अरनिकोको अनुहार–आकृति झल्किने टिकट मालाको प्रकाशन गरिएको छ ।

हालसम्म उनलाई मात्रै राष्ट्रिय कलाकारका रूपमा मान्यता दिइएको छ । यी सबै नेपालका बहुप्रतिभाशाली कलाकारप्रतिको सम्मानका पुनित कार्यहरू हुन् ।

araniko-1704722074.png

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update