Public Pana
स्कटल्याण्डलाई नेपालले दियो २८४ रनको लक्ष्य, गुलशन झाको शतक

आइसीसी यू-१९ विश्वकपको तयारीका लागि नेपालले खेलेको अनौपचारिक वाम अप खेलमा स्कटल्याण्डलाई २८५ रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकामा रहेको नेपालले सोमबार स्कटल्यान्डविरूद्ध २८४ रन जोडेको हो।

पहिले ब्याटिङ गरेको खेलमा नेपाल ४९.२ ओभरमा २८४ रन बनाउँदै अलआउट भयो। नेपालका लागि आज गुलशन झाले उत्कष्ट शतकीय पारी खेले। ११५ बलको सामना गरेका उनले ११४ रन जोडेका हुन्। 

 

यस्तै दीपक बोहोराले पनि नटआउट अर्धशतकीय पारी खेले। उनले ५८ रन जोडे। एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ। 

यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले सहहभागी छन्। समूह डीमा रहेको नेपालको समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग औपचारिक वाम अप खेल खेल्नेछ। नेपालले विश्वकपमा पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update