Public Pana
प्रचण्डलाई चेतावनी : माग पूरा नभए आन्दोलनमा उत्रने रेलवे प्रभावित

रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति कोशी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रूपमा तीनबुँदे माग राखेको छ ।

आज सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर माग प्रस्तुत गरिएको हो ।

पूर्वपश्चिम विद्युतीय रेलमार्ग काँकरभिट्टा–इनरूवा खण्डको प्रभावितहरूको तर्फबाट झापा, मोरङ, सुनसरी जिल्लाको जिप्रकामार्फत रोक्का राखिएको घर जग्गा तथा लिगलिगापातको मुआब्जा वर्तमान दररेट अनुसार एक महिनाभित्र उपलब्ध गराउन माग गरेका छन् । 

यस्तै, आफूहरूले उठाएको माग पूरा नगरे रेल्वे पीडित तथा प्रभावितहरू अन्य जनमानसलाई साथ लिई कानुनी उपचार तथा संघर्षको कार्यक्रममार्फत आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update