Public Pana
जापानमा भूकम्कमा परि पुरिएकी ९० वर्षिया वृद्धाको ५ दिनपछि जीवितै उद्धार

जापानमा भूकम्पपछि पुरिएकी ९० कटेकी एक वृद्धाको जीवितै उद्धार भएको छ।

भूकम्प गएको पाँच दिनपछि उनको उद्धार गरिएको थियो।

उनी दुई तले घरमा पुरिएकी थिइन्।

उद्धारकर्ताहरुले शनिबार साँझ इसिकावा प्रिफेक्चरस्थित सुजु सहरमा भूकम्प गएको १२४ दिनपछि उनलाई फेला पारेका थिए। 

उनको नजिकैको अस्पतालमा उपचार भइरहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
आइतबार चिकित्सकहरुले ती महिला कुराकानी गर्न सक्ने स्थितिमा रहेको बताएका छन्। तर उनको गोडामा गम्भीर चोट लागेको छ।

एक उद्धारकर्ताले उनको घुँडा फर्निचारमा अड्किएको र उनलाई निकाल्न घण्टौँ लागेको बताएका छन्।
जनवरी १ मा ७.५ म्याग्निच्युडको भूकम्पले जापानमा १२६ जनाको ज्यान गएको छ। दुई सय जना फेला नपरेको बताइएको छ। 
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update