Public Pana
राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार

 नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका ६ जनै उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबारको गठबन्धन बैठकबाट पार्टीले ६ सिट पाउने टुंगो लागेसँगै पार्टीले नाम टुंगो लगाएको हो।

एक नेताका अनुसार, कोशी प्रदेशमा चम्पा कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णाली प्रदेशमा विष्णु विक र सुदूरपश्चिम प्रदेशमा रेनु चन्दलाई उम्मेदवार बनाउने तय भएको छ। 

 

कार्की महिला समूहबाट, अधिकारी अन्य समूहबाट, शर्मा महिला समूहबाट, सुवेदी अन्य समूहबाट, विश्वकर्मा दलित समूहबाट र चन्द महिला समूहबाट उम्मेदवार बन्नेछन्।

फागुन २० पछि राष्ट्रिय सभामा माओवादी केन्द्रका ३ सांसदको पद रिक्त हुँदैछ। गठबन्धनका साझा उम्मेदवारका रुपमा तय भएका ६ जनै उम्मेदवारले जितेमा उसलाई ३ सिट नाफा हुनेछ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update