Public Pana
डिरहेको विमानको एउटा हिस्सा खसेपछि अमेरिकामा १७१ वटा विमानको उडानमा रोक

उडान गरिरहेको समयमा अलास्का एअरलाइन्सको एउटा हिस्सा खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले केही बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन्।

सङ्घीय उड्डयन निकाय एफएएले पछिल्लो सुपरिवेक्षणले उक्त मोडेलका १७१ वटा विमानहरूलाई असर पर्ने बताएको छ।

शुक्रवार ओरेगन राज्यबाट उडेको अलास्का एअरलाइन्सको विमानलाई आपत्कालीन अवतरण गराइएको छ।

युनाइटेड एअरलाइन्सले एफएएले गर्न भनेको निरीक्षण अफ्ना केही ७९ बोइङ ७३७ म्याक्स ९ प्लेनमा सम्पन्न भएको बताएको छ।

केही विमानहरूलाई ‘उडान गर्न नदिनु’ भन्ने आदेशले करिब ६० वटा उडान रद्द हुनसक्ने उक्त वायुसेवाले जनाएको छ।

यसअघि अमेरिकी उड्डयन निकाय एफएएले आफूले अमेरिकी वायुसेवाको स्वामित्वमा रहेका वा अमेरिकी भू-भागमा रहेका निश्चित प्रकारका बोइङ ७३७ म्याक्स ९ वायुसेवाको उडानलाई अस्थायी रूपमा रोक लगाउने जनाएको थियो।

अलास्का एअरलाइन्स

प्रत्येक उडानको जाँच गर्न चारदेखि आठ घण्टा लाग्ने उसको भनाइ थियो। यूकेको नागरिक उड्डयन प्राधिकरणले आफ्नो देशमा दर्ता भएका ७३७ म्याक्स ९ विमान नरहेको जनाएको थियो।

उक्त निकायले सामाजिक सञ्जाल एक्समा आफूले गैरयूके र विदेशबाट अनुमति लिएका ध्वजावाहकहरूलाई यूकेको हवाई क्षेत्रमा आउनुअघि निरीक्षण गर्न निर्देशन दिन भनेको उल्लेख गरेको छ। शुक्रवारको घटना पोर्टलेन्ड, ओरेगनबाट ओन्टारियो क्यार्लिफोर्नियातर्फ गइरहेको विमान १६,००० फिट उचाइमा पुग्दा भएको थियो।

त्यसपछि उक्त विमानले आपत्कालीन रूपमा अवतरण थालेको फ्लाइट ट्रयाकिङ डेटाले देखाउँछ।  एक सय ७७ यात्रु र चालकदलका सदस्य रहेको उक्त विमानले पोर्टलेन्डमा सुरक्षित अवतरण गरेको थियो।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update