Public Pana
राष्ट्रिय सभा उम्मेबार सिफारिस : काग्रेसभित्र विवाद जारी ,सिटौला र  ढुङ्गानामात्र  पक्का 

काठमाडौ–  संघिय संसदको माथिल्लो सदन हो  राष्ट्रिय  सभा । उक्त सभामा लागि सत्ता गठवन्धनका विचमा भागवन्डामा नेपाली काग्रेसले १० सिट पायो । उक्त सिटमा उम्मेबार तय गर्न पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सहमती जुटाउन सकेन । 
एक पदाधिकारीका अनुसार उक्त छलफलमा दुईवटा नाममा मात्र सहमती भएको छ अन्यमा विवाद देखिएको छ।  कोशी प्रदेशवाट कृष्ण सिटौला र मधेशवाट आनन्दप्रसाद ढुङ्गानाको नाममा मात्र सहमती जुटेको र अन्यमा छलफल जारी रहेको ती पदाधिकारीले बताए । सत्ता गठबन्धनका राष्ट्रिय सभाको टिकट पाएसँगै नेता सिटौला भने आजै कोशी प्रदेशको राजधानी विराटनगर गएका छन्। अव काग्रेसले आठ सिटमा उम्मेदबार तय गर्नुपर्ने छ। 
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर  झापा  जान भनेका थिए । सिटौला बरिष्ठ नेता भएकाले उनलाई यस पटक राष्ट्रिय सभाको नेतृत्व नै गरेर पठाउनुपर्ने भन्दै सभापति देउवाले उनको नाम वैठकमा राखेका थिए । उनले यो कुरा विहान शेखर कोइराला र गगन थापासँग सिटौलाको बारेमा कुरा गरेका थिए । लगत्तै सभापति देउवाले संसदिय वोर्डमा राखेका थिए । पार्टी कार्यालयबाट बाहिरिनु अघि सिटौलाले  शेखर कोइरालालाई भेटेर बाहिरिए ।

त्यस्तै, मधेस प्रदेशमा आनन्द ढुङ्गानाको नाममा लगभग जुटिसकेको ती पदाधिकारीले छ । 
बागमती ,लुम्विनी र कर्णालीमा विवाद  जारी 
नेपाली काग्रेसले पाएको वागमती र कर्णालीको सिटमा तय गर्ने उम्मेदबारमा भने विवाद जारी रहेको ती पदाधिकारीले बताए ।  
बागमती प्रदेशमा भने उम्मेदवार टुङ्ग्याउन केही विवाद देखिएको उनले बताए । बागमतीमा तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेत र काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको नाम वैठकमा आएको थियो । यी नाममा दुवै पक्षले अडान राखेपछि विवाद भएको हो । 
संस्थापन पक्ष  बस्नेतको लविङमा रहेको भने शेखर गगन पक्षले बानियाँको पक्षमा  उभिएका छन् । बागमतीमा महिलातर्फ  पनि दुईवटा नाम आएका छन् । विष्णुदेवी पुडासैनी र उमा दाहालको नाममा छलफल भएपछि सहमती हुन सकेन । 

गण्डकी प्रदेशबाट सोभियत अधिकारीको नाममा सहमती हुने सम्भावना देखिएको छ। अधिकारी तत्कालीन कांग्रेस प्रजातान्त्रिकबाट कास्कीको जिल्ला सभापति थिए । उक्त क्षेत्रवाट गोपालमान श्रेष्ठले पनि दावी गरेका छन् । श्रेष्ठलाई कुनै पक्षले साथ नदिएका कारण उनको दावी फितलो देखिएको छ ।  प्रदेशबाट अल्पसङ्ख्यक÷अपाङ्ग शेखर पक्षलाई दिइएको छ ।

लुम्बिनी प्रदेशबाट पुष्पा भुसाललाई ल्याउने नाम संस्थापन पक्षले अघि सारेको थियो । अर्घखाँचीमा टोपबहादुर रायमाझीसँग पराजित भएकी उनलाई पून ल्याउन नहुने माग पनि उठेको छ। उनको विकल्पमा इतर समुहले  विष्णु सापकोटाको नाम लिएका छन् । यसमै सहमती हुने सम्भावना रहेको ती पदाधिकारीले बताए । 
कर्णालीमा विवाद देखिएको छ । खुल्ला सदस्यमा संस्थापनबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाया नाम संस्थापन पक्षले लिएको छ भने  इतर पक्षले भूपेन्द्र जंग शाहीको नाममा अडान लिएको छ । 
सुदूरपश्चिमममा खुल्लाबाट कञ्चनपुरका पूर्व जिल्ला सभापति बलदेव बोहरा र अल्पसङ्ख्यक÷अपाङ्गमा कैलाली जिल्ला सभापति नारायण दत्त भट्टको नाम चर्चामा छ । बोहरा यसअघि देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार पनि थिए ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update