Public Pana
बैंकिङ क्षेत्र केवल आँकडाहरुले मात्र चल्दैन, यो त विश्वास र भरोसाको चट्टानी आधार हो !

पैसामुखी बन्दै गइरहेको विश्व परिवेशमा पैसाकै लेनदेन र रकमी कारोबारका कारण  मानवीय मूल्य र जीवनका गहन उद्देश्यहरुको खोजी कोसौं दुर हुँदै गइरहेको छ।

बैंकिङ क्षेत्र त झन् यसबाट अछुतो हुने कुरै छैन। यस जटिल वास्तविकताका बाबजुद बैंकिङ क्षेत्रभित्र हामीले पुरानो जापानी अवधारणा ‘इकिगाई’लाई सँगसँगै मनन गरेर अघि बढ्न सकिन्छ। ‘इकिगाई’ जापानी समाजमा प्रचलित यस्तो पुरानो अवधारणा हो, जसले मानिसलाई हरेक दिन बिहान उठेर केही गर्ने हुटहुटी प्रदान गर्छ। 

यो अवधारणाअनुसार हरेक मानिसले आफ्नो जीवनको सार्थकता खोज्छ। अर्थात, प्रत्येक मानिसको अन्तस्करणमा निहीत यस दर्शनले मानिसको जीवनका उत्साह, उद्देश्य, वृत्ति र व्यावसायिक पाटाहरुका बीचबाट जीवनको वास्तविक खुशी तथा सार्थकतालाई उजागर गर्छ।

‘इकिगाई’ जापानी समाजमा प्रचलित यस्तो पुरानो अवधारणा हो, जसले मानिसलाई हरेक दिन बिहान उठेर केही गर्ने हुटहुटी प्रदान गर्छ। 

एउटा बैंकरका लागि हरेक दिन एउटा खाली क्यानभास हो, जसमा उसले वित्तीय रणनीतिहरु, जोखिम मूल्यांकन तथा ग्राहकसँगको सम्बन्धको रङहरु मिलाएर विभिन्न बुट्टाहरु भर्नुपर्ने हुन्छ। यसका लागि बैंकरमा अनुशासन, बजार सिर्जित प्रक्षेपण र निरन्तरको लगन आवश्यक पर्छ। अंकहरुको माथापच्ची र विभिन्न जटिल परिस्थितिहरुमा कठिन निर्णयहरु लिनुपर्ने हुन्छ। यही बीचबाटै उसले आफ्नो जीवनको उद्देश्य र सार्थकता पनि भेटिरहेको हुन्छ। ikigai21704797740.jpg

विभिन्न वित्तीय रणनीतिहरु तयार पार्ने क्रममा एउटा बैंकरले बजार तथा आर्थिक आँकडाहरुबारे जानकार हुने र नयाँ सिकाइको भोक पनि जगाइरहेको  हुन्छ। त्यस सिकाइको भोक सर्वसाधारणको पुँजी तथा सम्पत्तिको सुरक्षा र वृद्धि तथा कुनै व्यक्ति वा समूहको समृद्धिका लागि गरिने सहयोग तथा योगदानसँगै जोडिएर आएको पनि हुन्छ।

यस्तै, ग्राहकहरुको लागि भरोसायोग्य सल्लाहकारको भूमिकामा रहनु, जटिल वित्तीय वातावरणहरु पहिचान गर्नु तथा ग्राहकको लक्ष्य प्राप्तितर्फ अघि बढ्न उनीहरुलाई मार्गदर्शन गर्नु यस सँगसँगै विकास हुँदै जाने कुरा हो। यो व्यावसायिक चक्रभित्रै ‘इकिगाई’को वास्तविक अर्थ लुकेको हुन्छ। बैंकिङ प्रणालीभित्रका अन्तरसम्बन्धित तत्वहरुसँगै समानान्तर रुपमा एक बैंकरले आफ्नो जीवनको वास्तविक खुशी तथा सार्थकता भेटिरहेको हुन्छ।

यो जटिल व्यावसायिक परिवेशमा हरेक कारोबारलाई अंक र आँकडाले दिशानिर्देश गर्छ र आँकडाकै आधारमा निर्णयहरु लिइन्छ। तर, यस बीचमा पनि हामीले बुझ्नुपर्ने के हो भने बैंकिङ क्षेत्र वा प्रणालीभित्र कार्यरत मानिसको जीवनको वास्तविक खुशी तथा सार्थकता यही कामभित्रै अन्तरनिहीत रहन्छ। 

कुनै पनि वित्तीय विश्लेषण गर्दा सत्य तथ्यको साथै मानवीय मूल्यमान्यता तथा उद्देश्यहरु पनि सँगैसँगै आएको हुन्छ। एक बैंकरले निर्णय लिने सन्दर्भमा भविष्यद्रष्टाका हिसाबले अल्पकालीन नाफाभन्दा पनि दिगो वृद्धि र स्थिरताको उच्चतम लक्ष्यलाई हासिल गर्नसक्ने खुबीलाई झल्काउँछ। ग्राहकहरुप्रति समर्पित भएर काम गर्दा बैंकरले सधैं आफ्नो स्वमूल्य तथा उद्देश्यको प्राप्तिको प्रतिवद्धतालाई पनि प्रतिविम्बित गरिरहेको हुन्छ।

यो जटिल व्यावसायिक परिवेशमा हरेक कारोबारलाई अंक र आँकडाले दिशानिर्देश गर्छ र आँकडाकै आधारमा निर्णयहरु लिइन्छ। तर, यस बीचमा पनि हामीले बुझ्नुपर्ने के हो भने बैंकिङ क्षेत्र वा प्रणालीभित्र कार्यरत मानिसको जीवनको वास्तविक खुशी तथा सार्थकता यही कामभित्रै अन्तरनिहीत रहन्छ। 

वित्तीय रणनीतिहरुको विशाल महासागरमा बजार केन्द्रित लक्ष्य पूर्तिका बीच पनि बैंकरले मानवजीवनको सार्थकता र लक्ष्यको प्राप्ति गर्न सक्नु वास्तविक कला हो। यसले मानिसको जीवनको उद्देश्य भनेको कुनै गन्तव्यसम्म पुग्नु नभई निरन्तरको यात्रा हो भन्ने कुरालई स्मरण गराउँछ। एक बैंकरका लागि हरेक व्यावसायिक गतिविधिहरुभित्रै उत्साह र सार्थकता उनिएको हुन्छ।

कुनै पनि कामप्रति जोसिलो हुनु वा उत्साहित हुनु ‘इकिगाई’को आधार हो। बैंकिङ क्षेत्र केवल आँकडाहरुले मात्र चल्दैन। यो त विश्वास र भरोसाको चट्टानी आधार हो।

वित्तीय रणनीतिहरुको विशाल महासागरमा बजार केन्द्रित लक्ष्य पूर्तिका बीच पनि बैंकरले मानवजीवनको सार्थकता र लक्ष्यको प्राप्ति गर्न सक्नु वास्तविक कला हो। यसले मानिसको जीवनको उद्देश्य भनेको कुनै गन्तव्यसम्म पुग्नु नभई निरन्तरको यात्रा हो भन्ने कुरालई स्मरण गराउँछ।

कुनै पनि कामप्रति जोसिलो हुनु वा उत्साहित हुनु ‘इकिगाई’को आधार हो। एक बैंकरले यो उत्साह वित्तीय पृष्ठभूमि पहिचान गर्नका लागि गर्ने प्रतिबद्धतामा भेट्न सक्छ। यो कुनै नयाँ समाधानका बाटा पहिल्याउने जोस हुन सक्छ वा ग्राहकलाई उनीहरुले चाहेको लक्ष्य हासिल गर्नका लागि सहयोग गर्ने क्रममा प्राप्त खुशी हुन सक्छ। यो जोसले घण्टौं काम गर्दाको थकाइलाई ऊर्जामा बदल्न सक्छ र कुनै जटिल परिदृश्यहरुलाई चुनौती दिन र हरेक कार्यलाई उत्साह र उद्देश्यका साथ परिपूर्ति गर्न प्रेरित गर्छ।

बैंकिङ क्षेत्रमा काम गर्नेहरुका लागि व्यावसायिक उद्देश्यसँगै समानान्तर रूपमा जोडिएको हुन्छ मानवीय सम्बन्धहरुको निर्माण तथा विकास। कारोबार तथा वासलातका अलावा बैंकरहरुले आफ्नो वित्तीय लक्ष्य प्राप्तिका लागि व्यक्तिगत तथा व्यावसायिक सम्बन्धहरुलाई विस्तार गर्नुपर्ने हुन्छ। एक बैंकरले भरोसायोग्य सल्लाहकारका रुपमा काम गर्नु सँगै ग्राहकका पृथक आवश्यकताहरुलाई बुझेर उनीहरुलाई समृद्धिको लक्ष्यतर्फ अघि बढाउने उद्देश्य राख्नुपर्छ। 

कुनै पनि बैंकरका लागि बैकिङ क्षेत्र केवल एक व्यवसाय मात्र होइन वित्तीय ‘इकोसिस्टम’लाई आफ्नो दक्षता र विज्ञताबाट योगदान दिने प्लाटफर्म पनि हो। यसमा बजारका जटिलताहरुलाई बुझ्ने, लगानी तथा आर्थिक चक्रबारे जानकार हुने कुराहरु पर्छन्। एक बैंकरले हासिल गर्ने दक्षता बृहत् रुपमा देशको वित्तीय स्थिरता र वृद्धिको औजार पनि हो भन्ने मनन गर्नुपर्छ।

एक बैंकरको काम कार्यालयभित्र मात्र सीमित हुँदैन। यो समुदायसम्म विस्तार हुँदै आर्थिक गतिविधिलाई प्रभावित पार्ने र हरेक व्यक्तिको सपनालाई पूरा गर्न सक्ने सशक्तिकरणको अभियान पनि हो। बैंकरका रुपमा हाम्रो पेसाले ग्राहकको सन्तुष्टिका साथै सामाजिक प्रभाव र आर्थिक वृद्धितर्फ दिगो प्रभाव पनि पार्न सक्नुपर्छ।

बैंकिङ क्षेत्र केवल आँकडाहरुले मात्र चल्दैन। यो त विश्वास र भरोसाको चट्टानी आधार हो। बैंकिङ क्षेत्रका काम र प्रतिबद्धताहरु विश्वास र निष्ठामा अडिएको हुन्छ। दुई पक्षबीच हुने छलफलले गोपनियताको माग गर्छ भने व्यावसायिक सम्बन्धहरुलाई टिकाउन बैंकरले समर्पित भएर  समय दिनुपर्ने हुन्छ।

बैंकिङ क्षेत्रमा हुने प्रत्येक कारोबार पुल जस्तै हो जसले वास्तविक आवश्यकता पहिचान गरि व्यक्तिका वित्तीय आधारहरु मजबुत बनाएर उसका सपनाहरु पूरा गर्न मद्दत गर्छ। यो प्रयासमा बैंकरहरुले सही गन्तव्यसम्म पुग्ने सहज र स्थिर बाटो निर्माण गर्न दक्ष ‘आर्किटेक्ट’को भूमिकामा रहनुपर्छ। यस कार्यमा बैंकरले अंकहरुभन्दा पनि माथि उठेर कुनै पनि व्यक्तिको भविष्य बनाउने सहयोगीका रूपमा प्रतिबद्ध भूमिका खेल्न सक्छ।

बैंकिङ क्षेत्र केवल आँकडाहरुले मात्र चल्दैन। यो त विश्वास र भरोसाको चट्टानी आधार हो। बैंकिङ क्षेत्रका काम र प्रतिबद्धताहरु विश्वास र निष्ठामा अडिएको हुन्छ। दुई पक्षबीच हुने छलफलले गोपनियताको माग गर्छ भने व्यावसायिक सम्बन्धहरुलाई टिकाउन बैंकरले समर्पित भएर  समय दिनुपर्ने हुन्छ। बैंकरहरुले निष्ठापूर्ण व्यवहारबाट सम्बन्धलाई भरोसायोग्य बनाउनुका साथै कामप्रति इमानदार र समर्पित भएर अघि बढ्नुपर्छ।

बैंकरका रुपमा जीवन र जीवनको सार्थकता अर्थात ‘इकिगाई’को सम्बन्ध बुझ्न सक्यो भने यस क्षेत्रमा कार्यरत जोकोही व्यक्तिले पनि आफ्नो जीवनको सार्थकतालाई अझ बढी माथि उठाउन सक्छ।

एक बैंकरको जीवन यात्रामा माथि उल्लिखित सबै तत्वहरु एक आपसमा अन्तरसम्बन्धित भएर बुनिएको हुन्छ। हरेक अन्तरक्रिया तथा हरेक निर्णयहरुले ‘इकिगाई’ अर्थात वास्तविक उत्साह, सार्थकता तथा लक्ष्यलाई नै प्रतिध्वनित गरिरहेको  हुन्छ। यही अवधारणाका बीच बैंकरले व्यावसायिक र  व्यक्तिगत रुपमा समाजलाई योगदान तथा उद्देश्य परिपूर्ति गरिरहँदा उसले आफ्नो जीवनको सार्थकता पनि भेटिरहेको हुन्छ।

बैंकरका रुपमा जीवन र जीवनको सार्थकता अर्थात ‘इकिगाई’को सम्बन्ध बुझ्न सक्यो भने यस क्षेत्रमा कार्यरत जोकोही व्यक्तिले पनि आफ्नो जीवनको सार्थकतालाई अझ बढी माथि उठाउन सक्छ।

बैंकरका रुपमा जीवन र जीवनको सार्थकता अर्थात इकिगाईको सम्बन्ध बुझ्न सक्यो भने यस क्षेत्रमा कार्यरत जोकोही व्यक्तिले पनि आफ्नो जीवनको सार्थकतालाई अझ बढी माथि उठाउन सक्छ। ‘इकिगाई’ अवधारणा अनुसार बैंकिङ क्षेत्रका मानिसले अंक र आँकडा तथा कारोबारहरु भन्दा पनि माथि उठेर समग्र वित्तीय क्षेत्रलाई दिशा दिएर अघि बढाउन तथा समृद्धि हासिल गर्नका लागि एक बैंकरले पार्ने प्रभावलाई महसुस गर्न सक्छ र उसले आफ्नै भूमिकालाई न्याय र सराहना गर्न सक्छ।

त्यसैले बोर्डरुम छलफल तथा क्याकुलेटरभन्दा पर एक बैंकरले सोच्नुपर्ने के हो भने हाम्रो यात्रा केवल अंकहरुसँगको यात्रा होइन। यो त हामीले पार्ने प्रभाव, हाम्रो विज्ञता, क्षमता, हामीले बनाउने सम्बन्धहरु तथा हाम्रो कामको उद्देश्यभित्रै अन्तरनिहित छ। यसैमा हाम्रो जीवनको सार्थकता पनि लुकेको छ।

एक बैंकरको जीवनको सच्चा सन्तुष्टि भन्नु नै वित्तीय लयको प्राप्ति तथा सपनाहरुको उडानलाई सशक्तिकरण गर्नुमै आफ्नो जीवनको उद्देश्य खोज्नु हो। त्यसैले बैंकिङको संसार भित्रैबाट आफ्नो जीवनको सार्थकता र खुशी खोजौं, जहाँ उद्देश्यहरुले व्यावसायिक धारलाई समाउँछ, अनि एक बैंकरले आफ्नो दैनिकीलाई अर्थपूर्ण यात्रातर्फ रुपान्तरण गर्न सक्छ।

रश्मी पन्त प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत हुन्।

                                                                                             

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update