Public Pana
परराष्ट्रमा रिक्त पाँच पद चारमात्र विज्ञापन गरेपछि सर्वोच्चको परामादेश

सर्वोच्च अदालतले परराष्ट्र सेवा अन्र्तगत राजपत्राङिकत द्धितिय श्रेणीमा पाँच पदमा विज्ञापन गर्नुपर्नेमा एक पद लुकाएर विज्ञापन गरेपछि सर्वोच्च अदाललते परमादेश जारी गर्र्दै बदर गरेको छ।

न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र नहकुल सुबेदीले परराष्ट्र सेवामा पाँचै पद रिक्त रहेकाले यसअघिको सुचना बदर गर्दै पून विज्ञापनका लागि लोकसेवा आयोगलाई पठाउन भनेको छ ।

परराष्ट्र सेवा अन्र्तगत नेपाली दुतावास अन्र्तगत नयाँ दिल्लिमा कार्यरत प्रथम सचिव धनाकुमारी जोशीले दायर गरेको रिटमा अन्तिम फैसला सुनाउदै सर्वोच्चले यसअघिको विज्ञापन बदर गरेको हो ।

उनी निजामती सेवा ऐन अन्र्तगत बढुवाका लागि आवश्यक सेवा अवधि पुगेको तर लोकसेवा आयोगले ४ पदमा मात्र विज्ञापन गरेपछि उनी सर्वोच्च पुगेकी थिइन् ।

उनले रिक्त पदको पदपूर्तिका लागि जेष्ठता र कार्यसम्पादनको मुल्याकनद्धारा हुने बढुवावाट एक,कार्यक्षमताको मुल्याकनद्धारा हुने बढुवावाट २ , र आन्तरिक प्रतिस्पर्धावाट एक गरि चारवाट मात्र विज्ञापन गरिएको भन्दै आफूमाथि अन्याय भएको दावी रिटमा गरेकी थिइन् ।

रिटमा उनले आफू योग्य हुदाँ हुदै छुटाउने मनसाय राखेको दावी गरेकी थिइन् ।

उक्त रिटको पूर्णपाठ आइतबार सार्वजनिक गर्दै सर्वोच्चले उप सचिवको ५ पद रिक्त हुने देखिएकोमा सो पदको पदपूर्तिका लागि लोक सेवा आयोगबाट मिति २०८० असोज २५ मा प्रकाशित सूचनामा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा गरेको नमिलेको ठहर गरेको हो ।

‘नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव वा सो सरहको पदको विज्ञापन तथा सूचनाहरू कानून बिपरित देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ ’ फैसलाको पूर्णपाठमा भनिएको छ ‘अब सेवा सञ्चालन गर्ने प्रत्यर्थी परराष्ट्र मन्त्रालयले उल्लिखित ४ पदमा १ पद थप गरी जम्मा ५ पदको मागको आकृति फाराम भरी प्रत्यर्थी लोक सेवा आयोगमा पठाउने र सो आयोगले तदनुरुप नेपाल परराष्ट्र सेवा, राजपत्राङ्कित द्वितीय श्रेणीमा चालु आर्थिक वर्षमा रिक्त हुने पाँच पदको यसै आर्थिक वर्षका लागि प्रतिशत निर्धारण र विज्ञापन प्रकाशित गरी पदपूर्ति गर्नू ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update