Public Pana
ब्रा र अन्डरवेयरमा लुकाएर १ किलो सुन ल्याउने विदेशी महिला विमानस्थलमै पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक विदेशी महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा श्रीलंकाकी कान्ती काभास्कर रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार ती महिलालाई शनिबार राति पक्राउ गरिएको हो ।

उनी दुबईबाट आएकी थिइन् । उनले ब्रा र अन्डरवेयरमा लुकाएर उक्त सुन ल्याएको पाइएको प्रहरीले जनाएको छ । उनले धुलो बनाएर सुन लिएर आएकी थिइन् ।

कसका लागि उक्त सुन ल्याइएको हो भन्ने विायमा अनुसन्धान अघि बढाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

सुन लिएर आउँदै गरको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ती महिलालाई निगरानी गरेर पक्राउ गरेको हो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update