Public Pana
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनमा भागबण्डा मिल्यो : कांग्रेस १०, माओवादी केन्द्र ६, एस २ र जसपा १

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको दलहरूले भागबण्डा टुंगो लगाएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट चार दलले साझा उम्मेदवारी दिने तय भएको हो।

कांग्रेस नेता रमेश लेखकका अनुसार, निर्वाचन हुने १९ स्थानका लागि कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जसपाले एक स्थानमा उम्मेदवारी दिनेछन्।

क्लस्टरका विषय पनि धेरै ठाउँमा टुंगो लागिसकेको लेखकले बताए।

बाँकी एकदुई ठाउँको बारेमा बसेर टुंग्याइने छ। 'दुई तीन घण्टामा क्लस्टर पनि टुंगिन्छ', बैठकपछि पत्रकारसँग लेखकले भने।

फागुन २० पछि राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीको २, जसपाको १, स्वतन्त्र १, मनोनित (एमाले) १ सांसदको पद रिक्त हुँदै छ। मनोनितबाहेक १९ स्थानका लागि माघ ११ मा निर्वाचन हुँदैछ।

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update