Public Pana
आज सुनचाँदीको मूल्य स्थिर

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार सुन गत हप्ता शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीँको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update