Public Pana
आजको तरकारी तथा फलफूल मूल्यकाे मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार रातो आलु ३५ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो समितिले ताेकेकाे न्यूनतम मूल्य हो । 

यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ४० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ३० रुपैयाँ, गान्टे मुला ६० रुपैयाँ रहेको छ ।

यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी र तिते करेला १०० रुपैयाँ, प्याज हरियो ४० रुपैयाँ, सुकेको प्याज ४४ भिण्डी ९० रूपैयाँ, लौका ५० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ७० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update