Public Pana
माइतीघरबाट डा. केसीलगायत ९ जना पक्राउ

प्राध्यापक डाक्टर गोविन्द केसीसहित ९ जना माइतीघर मण्डलबाट पक्राउ परेका छन् ।

विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राख्दै माइतीघरमा आन्दोलन गर्न पुगेका थिए ।

निषेधित क्षेत्रमा आन्दोलन गर्न गएकाले डा. केसीसहित ९ जनालाई  नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update