Public Pana
आजको मौसम : हिमालमा हिमपात, तराईमा हुस्सु र कुहिरो 

हाल कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update