Public Pana
ललितपुरको एसएसपीमा शेखर खनाललाई पठाइयाे

ललितपुरको प्रहरी प्रमुखमा शेखर खनाल सरुवा भएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले खनाललाई ललितपुरमा काज सरुवा गर्ने निर्णय गरेका हुन् ।

 

 

बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जनाको मृत्यु भएसँगै ललितपुरका प्रजिअ र एसएसपीलाई गृह मन्त्रालयले फिर्ता बोलाउने निर्णय लिएको थियो । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रहरीको दमनबाट दैलेख घर भएका सुजत रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाए ।

सो घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहलाई गृह मन्त्रालयले फिर्ता बोलाएको थियो । शाहलाई फिर्ता बोलाएको एक सातापछि खनाल ललितपुरमा सरुवा भएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update