Public Pana
डिजिटल मार्केटिङ सेवाका लागि नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता

नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बिच एक सम्झौता भएको छ । 


नेपाल टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुर्याउनका लागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ ।

दुवै पक्षबिच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ । 

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ । 

आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवा वारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पु¥याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको छ । 

यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीसँग अन्तरक्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update