Public Pana
हिमालय जेटको लन्डन टु काठमाडौं पहिलो उडान २ महिनापछि

अन्तर्राष्ट्रिय उडान गर्न लागेको हिमालय जेटको व्यावसायिक उडान बेलायतको लन्डनबाट २ महिना पछि हुने भएको छ। 

२०२३ सेप्टेम्बरबाट व्यावसायिक उडान गर्ने घोषणा गरेको हिमालय जेटले २०२४ मार्चमा उडान गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो।

कम्पनीले विशेष कारण ढिलाइ भएको भन्दै पहिलो उडान लन्डनबाट काठमाडौंको हुने बताएको छ।
नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङले सञ्चालनमा ल्याएको एयरलाइन्सले काठमाडौंमा साताको ४ उडान गर्ने तयारी थालेको जानकारी दिए ।

हिमालय जेटले आफ्नो व्यावसायिक उडान गर्नुअघि विभिन्न मुलुकमा प्रमोसनलाई तीव्रता दिइरहेको छ। नेपालमा पनि हिमालय जेटले आक्रामक प्रचार गरिरहेको छ। 

बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटले नेपाल, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्विजरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, युएई, साउदी अरब, अस्ट्रेलियालगायत लामो दूरीका गन्तव्यमा ‘प्रिमियम’ सीधा उडान गर्ने तयारी छ।

नेपाल भ्रमणमा आएकी मिस कोलम्बिया क्याथलिना क्युनटेरो फ्नान्डेसलाई हिमालय जेटले स्वागत पार्टी दिएको छ। सञ्चालक गुरुङ सन् २०२२ मा विश्व सुन्दरी प्रतियोगिताको ७१औं संस्करणको सह–आयोजक बनेका थिए। 

नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङले सञ्चालनमा ल्याएको एयरलाइन्सले काठमाडौंमा साताको ४ उडान गर्ने तयारी थालेको छ।

नेपाल आएका बेला हिमालय जेटको तर्फबाट पाँचतारे होटल याक एन्ड यतीमा पार्टी दिएका थिए।

मिस कोलोम्बियालाई दिएको पार्टीमा नेपालका प्रतिष्ठित व्यवसायी राजेन्द्र खेतान, सुनीलबहादुर थापा, पूर्वबैंकर अनिलकेशरी शाहलगायतलाई आमन्त्रण गरिएको थियो।

सुरुआती चरणमा भाडामा जहाज लिएर उडान गर्ने र सन् २०२५ देखि १८ थान ठूला आकार(वाइडबडी)मार्फत उडान गर्ने घोषणा यसअघि नै गरिसकेको छ।


हिमालय जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा यात्रुले भोग्नुपरेको अत्यासलाग्दो ‘ट्रान्जिट’ घटाएर सीधा उडान गर्ने योजना बनाएको छ। युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी सञ्चालन गर्न लागिएको हो।

सीधा उडान गर्दा यात्रुको समय र खर्च ३० प्रतिशत जोगिने कम्पनीले जनाएको छ। हिमालय जेटले युरोप, अमेरिका, एसिया र अस्ट्रेलिया गरी चार महादेश जोड्नेछ।

हिमालय जेटले हिमाली क्षेत्र पुग्न चाहने युरोपेली पर्वतारोही र साहसिक पर्यटकलाई सीधा र सुविधायुक्त उडान उपलब्ध गराउने मात्र नभई, लक्जरी होटल र अन्य सम्बन्धित पर्यटन गतिविधिमा सहभागी गराउने पनि उल्लेख छ।

हिमालय जेटले नेपाल र भुटानका लागि जेनिथ ट्राभल्सलाई आफ्नो जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गरेको छ। जेनिथले विगतमा कतार एयरवेज र टर्किस एयरलाइन्सको जिएसए भएर लामो समय काम गरेको थियो। यसका सञ्चालक जोय देवान हुन्।

हिमालय जेट एक ब्रिटिस प्रिमियम लामो दूरीको एयरलाइन्स गत सेप्टेम्बरदेखि तयारीको अन्तिम चरणमा छ। गत सेप्टेम्बरमा हिमालय जेटले पल अर्गिल (उडान निर्देशक) लाई जनरलको रूपमा नियुक्त गर्यो।  

हिमालय जेटले यहि वर्ष सन् २०२४ मा लण्डन, पेरिस, फ्र्याङ्कफर्ट, म्याड्रिड र सिड्नीबाट नेपालमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update