Public Pana
राष्ट्रिय सभाको सबै सिटमा उम्मेदवारी दिने एमालेको तयारी

नेकपा एमालेले राष्ट्रिय सभाको १९ वटै सीटमा उम्मेदवारी दिने तयारी गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरूबारे क्लस्टरअनुसार छलफल गरेको महासचिव शङ्कर पोखरेलले बताए ।

उनले भने, ‘उम्मेदवारको विषयमा हामीले आज प्रारम्भिक छलफल गरेका छौँ। हामीले २३ गते १९ सिटैमै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौँ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update