Public Pana
एमालेद्धारा केन्द्रीय कमिटीमा ६ जना मनोनीत

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ६ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ । 

पार्टीको आज शुक्रबार बसेको सचिवालय बैठकले ६ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

बैठकको निर्णय जानकारी गराउँदै पोखरेले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्कीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिए । 

कार्कीबाहेक सबै पूर्व प्रदेश अध्यक्ष भएर जिम्मेवारी सम्हाली सकेका छन् । कार्कीले झापा जिल्ला अध्यक्ष भएर काम गरिसकेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update