Public Pana
सर्लाहीमा अस्पताल संचालनको बिषयमा झडप हुँदा एक जनाको मृत्यु

सर्लाहीमा नगर अस्पतालका विषयमा भएको विवाद झडपमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ।

बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । 


आज शुक्रबार दिउँसो ३  बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएपनि प्रर्दशनकारीले सरकारी सम्पत्तिमाथी तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

उक्त झडपमा मृत्यु भएका प्रर्दशनकारीको कसरी मृत्यु भयो भन्नेवारे अहिलेसम्म पुष्टी भएको छैन । प्रहरीले गोली नचालाएको र अश्रुग्यास मात्र हानेको दावी गरेको छ ।

शबलाई प्रर्दशनकारीले नियन्त्रणमा राखेका कारण थप विस्तृत जानकारी लिन नसकिएको स्थनिय प्रशासनले जनाएको छ । 

स्थानिय प्रशासनले अवस्था थप विग्रन सक्ने भन्दै करफ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी  धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको जानकारी दिनुभयो । उहाँका अनुसार आज बेलुका साढे ५ देखि भोलि बिहान ८ बजेसम्‍म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० ९१० ९३० बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update