Public Pana
मैया कँडेल भइन् ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा नियुक्त

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको कार्यकारी निर्देशकमा मैया कँडेललाई नियुक्त गरेको छ ।

श्रममन्त्रालयको सीप विकास केन्द्रमा कार्यरत कँडेललाई ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा नियुक्त गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए ।

उनका अनुसार कँडेललाई नयाँ जिम्मेवारी सम्हाल्ने गरी शुक्रबारदेखि नै पठाइएको छ ।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय क्षेत्रमा प्रहरीसँग भएको झडपका क्रममा दुई युवकको ज्यान गएको थियो ।

त्यसपछि तत्कालीन कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाइएको थियो। त्यसयता खाली रहेको उक्त पदमा कँडेलले जिम्मेवारी पाएकी हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update