Public Pana
प्रधानमन्त्री प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ

अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन् ।

२०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि आज शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो ।

सर्वोच्च अदालतले प्रचण्डले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो ।

तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले अदालत शान्ति सम्झौताविपरीत जान लागेको आरोप लगाएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update