Public Pana
राष्ट्रिय सभाका उम्मेदवार छान्न एमाले सचिवालय बैठक शुरु

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो।आजको बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। 

राष्ट्रिय सभामा सत्ता गठबन्धन दलहरूसँग सहकार्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर सम्वादमा छन्। ओलीले बिहीबार अपराह्न  प्रदेश कमिटीका पदाधिकारीसँग पनि राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए।

 

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा  निर्वाचनमा एमालेबाट ८ सिट रिक्त हुँदैछ।  ८ सदस्यमध्ये कम्तीमा ६ सिट पाउनुपर्ने एमालेले गठबन्धनसङ्ग माग राखेको छ। जुन प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टी राखेका छन्।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा एमालेको प्रस्तावबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरेका थिए।  तर, ठूलो माग राखेको भन्दै गठबन्धनका दुई दल एकीकृत समाजवादी असन्तुष्ट भएपछि बैठकले निर्णय लिन सकेको थिएन।

यस्तै आजको बैठकमा ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update