Public Pana
वर्तमान सरकारलाई बिस्थापित गर्ने रणनीति बनाउँदै दुई प्रमुख प्रतिपक्ष दल

राष्ट्रिय सभा निर्वाचन नजिकिदै गइरहेका बेला एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटवार्ता भएको छ ।

रास्वपा सभापति लामिछाने भक्तपुरको बालकोटस्थित निवासमा अध्यक्ष ओलीलाई भेट्न पुगेका हुन । भेटमा राष्ट्रियसभा निर्वाचन र सरकारको कामकारवाहीका बिषयमा समेत दुई नेताहरुबीच आलोचनात्मक छलफल भएको स्रोतले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनपछि सरकार नै फेरवदल हुन सक्ने आंकलन चल्दै गर्दा प्रतिपक्ष कित्तामा उभिएका दुई पार्टीका शिर्ष नेताहरुबीच बर्तमान सरकारको बिकल्पमा अघि बढ्ने बिषयमा कुराकानी भएको बालकोट स्रोतको दावी छ ।

भेटमा वर्तमान सरकारको बिकल्पका बिषयमा दुई पार्टीबीच एकमत भएर अघि बढ्ने बिषयमा एमाले अध्यक्ष ओलीले लामिछानेलाई प्रस्ताव गरेका थिए । 
भेटमा दुवै नेताहरुबीच पछिल्लो बालकुमारी घटनामा सरकारको रवैया लगायत भारतीय विदेशमन्त्रीको विदेश भ्रमणका बिषयमा समेत कुराकानी भएको बताइएको छ ।

भेटमा रास्वपा सभापति लामिछानेले राष्ट्रिय सभामा आफ्नो पाटीलाई समेत समेट्नतर्फ ओलीको सहयोगको अपेक्षा रहेको बताएको स्रोतले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update