Public Pana
आफ्नै साथीहरुको उजुरीले टुटलका संस्थापक भट्ट प्रहरीको खोरमा

आफ्नै साथीले उजुरी हालेपछि राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टलाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो। 

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टलाई बिहिवार पक्राउ गरि आवश्यक सोधपुछ भइरहेको एसएसपी खत्रीले बताउनुभयो ।

व्यवासाय शुरु गर्दा व्यासायिक पार्टनरहरुले पुर्व सहमति विपरित आाफुहरुमाथी धोकाधडी भएको भन्दै 
भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघातको उजुरी गरेका थिए ।  

उक्त उजुरीवारे नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयले केही दिन अघि परिसरमा आवश्यक अनुसन्धान गर्न पत्र पठाएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update