Public Pana
सशस्त्र प्रहरीमा २८८ जनाका लागि रोजगारी खुल्यो

सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा २८८ जना भर्नाका लागि दरखास्त आह्वान गरेको छ। 

सशस्त्र प्रहरीले बलले आज जारी गरेको सूचनाअनुसार ९९ इन्स्पेक्टर, ९८ असई, ६५ भान्से, १० कुचीकार, ४ सुचीकार, ४ केशकर्तक, ५ चर्मकर्मी र तीन जना परिचर आवश्यक परेको हो। 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी माघ १० गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ। 
उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने जनाइएको छ।  

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update