Public Pana
‘रङ्गेली’ का दुई पोस्टर सार्वजनिक 

दयाहाङ राई, अर्पण थापा तथा मिरुना मगरलाई चित्रण गर्दै नयाँ नेपाली फिल्म ‘रङ्गेली’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

एउटा पोस्टरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई आमने–सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ ।

आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यो फिल्मको यसै साता टीजर सार्वजनिक गर्ने तयारी रहेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको रङ्गेलीमा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।

यो फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का ९योलो० एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल यो फिल्मको डिजिटल वितरक हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update