Public Pana
क्रिकेटमा भारतले नेपालाई सहयोग गर्ने जयशंकरको प्रतिबद्धता

नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीको लागि भारतले सहयोग गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस. जयशंकरले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जयशंकरले ट्विट गर्दै नेपालमा क्रिकेटको विकासको लागि पनि सहयोग गर्ने उल्लेख गरेका छन् ।

नेपाल भ्रमणका क्रममा रहेका जयशंकरले हिजो बिहीबार साँझ नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र खेलाडीहरूलाई भेटेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update