Public Pana
राष्ट्रपति रामचन्द्र पौडेल बुटवल र तनहुँ जाने 

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका फरक फरक कार्यक्रममा सहभागि हुनुहुनेभएको छ ।

शुक्रबार बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागि हुनका लागि बुटवल जान लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलको उपस्थितीमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेल दिउसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् । 
त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रवार नै गृह जिल्ला तनहुँ पनि जाने हुनुभएको छ । राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलको दोस्रो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागि हुन लाग्नुभएको हो । यसअघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update