Public Pana
स्वस्तिमाले बनाउँदै ‘बेहुली फ्रम मेघौली’ फिल्म

अभिनेत्री स्वस्तिमा खड्काले अभिनयसँगै निर्माणमा पनि हात हालेकी छन् ।

उनले आकाश बरालको निर्देशन रहने ‘बेहुली फ्रम मेघौली’मा निर्माताको पनि जिम्मेवारी सम्हाल्ने भएकी हुन् । फिल्ममा उनको अभिनय पनि रहनेछ ।

स्वस्तिमाले सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै ‘बेहुली फ्रम मेघौली’बाट निर्माण यात्राको थालनी गर्न लागेको पुष्टि गरेकी हुन् ।

फिल्ममा उनले अभिनय पनि गर्ने जानकारी गराएकी छिन् । फिल्ममा स्वस्तिमासँगै निश्चलको पनि अभिनय रहनेछ । पछिल्लो समय दुवैले ‘दिमाग खराब’मा काम गरेका थिए ।

फिल्मका लागि विजय बराल फाइनल भइसकेको जानकारी गराइएको छ । बाँकी कलाकार भने केही समयमा सार्वजनिक हुने निर्माण टिमले जनाएको छ । फिल्मको सुटिङ फागुनबाट गर्ने तयारी निर्माण टिमको छ । स्वस्तिमाले ‘चपली हाइट ३’ मुनाफाको साझेदारको रुपमा काम गरेकी थिइन् ।


कोभिड महामारीको समयमा बारम्बार रिलिज भएको चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेको थिएन । फिल्म निर्देशनमा डेब्यु गर्न लागेका आकाश बरालले ‘दिमाग खराब’ ‘बिहे पास’ आदि फिल्म लेखेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update