Public Pana
आज एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । 


बैठक बिहान ११ बजे च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत,  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।

  


 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update