इजरायली सेनाले हमाससँग चलिरहेको युद्धको बीचमा गाजा पट्टीबाट कम्तिमा ५१ प्यालेस्टाइनी महिलालाई गिरफ्तार गरेको दुई प्यालेस्टाइन समूहले बताएको छ।
प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स–प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले संयुक्त विज्ञप्तिमा ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ।
पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका धेरै आफन्त रहेको उनीहरूले बताए ।
गाजाबाट महिला बन्दीहरूको वास्तविक संख्या बढी रहेको समेत बताए, तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्यांक रहेको बताए ।
विज्ञप्तिमा भनिएको छ कि महिलाहरूले ‘यातना र अपमान’ को सामना गर्नुपरेको थियो र गाजाका सबै बन्दीहरू जस्तै ‘दुःखद परिस्थिति’ मा हिरासतमा राखिएको थियो।
इजरायलले मानवअधिकार संगठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे जान्नबाट रोकेको र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा पहुँच पनि अस्वीकार गरेको बताएको छ।
इजरायली जेल प्रशासनले भने त्यहाँ केवल ६६१ जना गाजा बन्दी रहेको खुलासा गरेको छ र तिनीहरूलाई गैरकानूनी लडाकु भनेर दर्जा दिइएको छ।