Public Pana
भारतका विदेशमन्त्री जयशंकर भेटघाटमा व्यस्त :आजै स्वदेश फर्किने

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर शुक्रबारसमेत भेटवार्ता र कार्यक्रममा व्यस्त हुनेछन्।

नेपाल भ्रमणको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली माधवकुमार नेपाल, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेटवार्ता गरिसकेका छन्।

उनले मधेस केन्द्रित तीन दलका शीर्ष नेतासँगसमेत भेटवार्ता गरिसकेका छन्।

उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग भेट गरेका हुन्।

जयशङ्करले शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दुई दिने भ्रमण सकेर उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update