Public Pana
राष्ट्रिय सभाकाे उम्मेदबार छान्न नेकपा एसकाे सचिवालय वैठक बस्दै

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पुस २० गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको सो पार्टीका केन्द्रीय सचिव समेत रहेका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

 

 

नेता श्रेष्ठका अनुसार राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफलका एजेन्डा तय भएका छन् । 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update