Public Pana
पूर्वराजा ज्ञानेन्द्रकाे चेतावनी अनुहार फेरीफेरी षडयन्त्र नगराै

पूर्वराजा ज्ञानेन्द्र शाहले अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिएका छन्। 

बिहीबार भैरहवामा आयोजित नागरिक अभिनन्दनका क्रममा उनले शीर्ष नेताहरुप्रति इंगित गर्दै अनुहार फेरि फेरि षड्यन्त्र नगर्न चेतावनी दिएका हुन्।

उनले अब अन्याय, अत्याचार मुक्त गर्नुपर्ने र षड्यन्त्र गर्नेहरुको चालबाट आफूलाई बचाउनुपर्ने बेला भएको बताए। उनले देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरुरी रहेको बताए। 

 

उनले वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभूति भएको बताए। 

उनले भने, ‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ। वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवाशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूति गरेका छन्। हामी झनै परनिर्भर, परावलम्वी बन्दै गइरहेका छौं। सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं।

हामी अब एकै ठाउँमा उभियौं। घृणाले घृणाको आगोलाई कतै जलाइदिऔं। पहिले यो आगोलाई मिलेर निभाइदिऔं। भाग्यको सीमा हुँदैन, हुनु पनि हुँदैन। अब भाँचिएको टुक्राहरु जोडिदिऔं। उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने? अब अन्याय, अत्याचार मुक्त गरिदिऔं। अनुहार फेरि फेरि षड्यन्त्र नगर। त्यस्ताको चालबाट चालबाट आफूलाई बचाऔं।’

पूर्वराजा शाहले सदाचारी राजनीतिको युग बितिसकेकाले अब फेरि सबै एक हुन जरुरी रहेको बताए।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update