Public Pana
यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकामा यसै महिना हुने आइसीसी यु-१९ विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ।

क्यानले एसिसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोली घोषणा गरिएको हो ।

एसिया कप खेलेको टोलीमा रहेका तीब्र गतिका बलर हेमन्त धामी चोटका कारण यसपटक टोलीमा छैनन्। उनको स्थान अर्का तीब्र बलर दुर्गेश गुप्ताले लिने छन् । यस्तै अल राउन्डर दीपक बोहोरा पनि टोलीमा थपिएका छन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजिल्याण्ड विरुद्ध खेल्ने छ । यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तान सँग रहँदा समूहको अन्तिम खेल अफगानिस्तान विरुद्ध जनवरी २६ मा रहेको छ ।

May be an image of football and text that says "SQUAD ANNOUNCEMENT ICC U19 MEN'S CRICKET WORLD CUP SOUTH AFRICA 2024 CAN DEV KHANAL (c) ARJUN KUMAL AAKASH TRIPATHI DIPAK PRASAD DUMRE DURGESH GUPTA GULSHAN KUMAR JHA DIPESH PRASAD KANDEL BISHAL BIKRAM KC SUBHASH BHANDARI DEEPAK BOHARA DIPAK BOHARA UTTAM RANGU THAPA MACAR BIPIN RAWAL TILAK RAJ BHANDARI AKASH CHAND ICC U19 MEN'S CRICKET WORLD CUP SOUTH AFRICA 2024 #WECAN #ONEBALLBATTLES #HAPPYDRESSINGROOM #NEPALCRICKET"

त्यसअघि नेपालले जनवरी १३ मा स्कटल्याण्ड र जनवरी १६ मा वेस्ट इन्डिज विरुद्ध वार्म-अप खेलहरु खेल्ने छ । १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन् ।

विश्वकप श्रीलंकामा हुने भनिएतापनि श्रीलंका क्रिकेट बोर्ड आईसिसिको निलम्बनमा परेसंगै विश्वकप दक्षिण अफ्रिकामा हुने भएको हो ।

नेपाली यु १९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update