Public Pana
रुस र युक्रेनको श्रम स्वीकृतिमा रोकियाे

सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको हो ।  

'हाल रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको समाचारहरु विभिन्न समाचार पत्रमा आई रहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिन समेत भईरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ' विभागले जारी गरेको सूचनामा  उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update