Public Pana
हिजो बढेको शेयर बजारमा आज पनि देखियो रातो संकेत 

हिजो बुधवार झन्डै २८ अङ्कले बढेको शेयर बजार आज बिहीवार पनि घटेको छ । 

शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७१ अङ्कले घटेर दुई हजार ४९ दशमलव २८ विन्दुमा झरेको हो ।

आज जलविद्युत्, लगानी, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ ।

समग्रमा बजार घटे पनि आज कालिका पावर कम्पनी, सिंगटी हाइड्रोपावर कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर साढे छ प्रतिशतले घटेको छ ।

बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । आज एक करोड ६० लाख कित्ता शेयर पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update